काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुँदै छ ।
संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आइतबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको छ । मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलले संसद्काे अधिवेशन आह्वान गर्नुभएकाे हाे ।
प्रतिनिधि सभाको दोस्रो अधिवेशनको पहिलो बैठक र राष्ट्रिय सभाको १४औं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो ।
संघीय संसद् सचिवालयले भाेलिकाे बैठककाे सम्भावित कार्यसूची आज सार्वजनिक गरेकाे हाे । दुबै सदनकाे बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ ।
यस्ताे छ प्रतिनिधि सभाकाे सम्भावित कार्यसूची:
यस्ताे छ राष्ट्रिय सभाकाे सम्भावित कार्यसूची:
