काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु भएकाे छ ।
संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक केहीबेरअघि सुरु भएकाे हाे । प्रतिनिधि सभाको दोस्रो अधिवेशनको पहिलो बैठक र राष्ट्रिय सभाको १४औं अधिवेशनको पहिलो बैठक सुरु भएकाे हाे ।
प्रतिनिधि सभाकाे बैठककाे सुरुमा प्रतिपक्षी नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी, नेमकिपाका सांसद् प्रेम सुवाल लगायतले बाेल्न समय माग गर्नुभएकाे थियाे । तर सभामुख देवराज घिमिरेले बैठक औपचारिक रुपमा सुरु भएपछि बाेल्न आग्रह गर्नुभयाे ।
सभामुख घिमिरेले राष्ट्रपतिबाट अधिवेशन आव्हानसम्बन्धी पत्र पढेर सुनाउनुभयाे ।
