काठमाडौं । आगामी आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेटमाथिको सिद्धान्त र प्राथमिकता (कर विधेयक बाहेक) सम्बन्धी प्रस्ताव प्रतिनिधि सभामा पेस भएकाे छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजित बजेटमाथिको सिद्धान्त र प्राथमिकता (कर विधेयक बाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव आइतबार प्रतिनिधि सभामा पेस गर्नुभएकाे हाे ।
साे प्रस्तावमा प्रस्तावमाथि वैशाख २५, २६र २७ गते छलफल हुने सभामुख देवराज घिमिरेले जानकारी दिनुभयाे । उहाँले आगामी बैठकमा दलगत रूपमा प्रतिनिधित्व गरी बोल्न सांसद्हरुलाई आग्रह गर्नुभयाे ।
अर्थमन्त्री महतले विनियोजित बजेटमाथिको सिद्धान्त र प्राथमिकता (कर विधेयक बाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव आइतबार नै राष्ट्रिय सभामा पनि पेस गर्नुभएकाे छ ।
