काठमाडौं । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० प्रतिनिधि सभामा पेस भएको छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सो अध्यादेश पेस गर्नुभएको हो । सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि साे अध्यादेश ल्याएको हो ।
वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलले सो अध्यायदेश जारी गर्नुभएकाे थियाे ।
