काठमाडाैं । प्रतिनिधि सभामा सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गरिएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले मनाेनयन गरिएका सदस्यहरुबारे जानकारी गराउनुभएकाे हाे ।
उहाँले सांसद् ईश्वरीदेवी न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, चन्दा कार्की भण्डारी, प्रतीक्षा तिवारी, विमला सुवेदी, बुद्धिमान तामाङ र रामकृष्ण यादवलाई सदस्य मनोयन गरिएकाे जानकारी गराउनुभयाे ।
बैठकमा सभामुख घिमिरेले यही वैशाख १९ गते सांसद् लक्ष्मी महतो कोइरीलाई निलम्बन गरिएको सूचना प्रकाशन गरिएको सम्बन्धमा सदनलाई जानकारी गराउनुभएको थियो ।
प्रतिनिधि सभाकाे दाेस्राे अधिवेशनकाे दाेस्राे बैठक भाेलि बस्नेछ । आगामी आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेटमाथिको सिद्धान्त र प्राथमिकता (कर विधेयक बाहेक) को प्रस्तावमाथि भाेलिदेखि ३ दिन छलफल हुनेछ ।
संघीय संसद्काे बर्खे अर्थात बजेट अधिवेशन आजदेखि सुरु भएकाे हाे ।
