काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् हरि ढकालले भ्रष्टाचार गर्नेहरु पापी र धुन्धुकारी भएको बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद् ढकालले विगत ३३ वर्षदेखिको भ्रष्टाचार आयोग बनाएर छानबिन गर्नुपर्ने बताउनुभयाे ।
भ्रष्टाचार गर्नेहरु पापी हुन्, धुन्धुकारीहरु हुन्, यो ३३ वर्षमा यति धेरै धुन्धुकारी जन्मेका छन् यो देशमा, ती धुन्धुकारीहरुको ३३ वर्षको ३३ सय काण्ड आयोग बनाएर छानबिन हुनुपर्छ' - उहाँले भन्नुभयाे । क्यान्टनमेन्टको अर्बौं भ्रष्टाचारदेखि अहिलेसम्म भएका सबै भ्रष्टाचारकाे छानबिन गरी दाेषीलाई कारबाही गर्न सांसद् ढकालले माग गर्नुभयाे ।
कलियुगमा जे पनि गर्न छुट नभएको बताउँदै उहाँले भन्नुभयाे - 'कलियुगमा जे पनि गर्न पाइन्छ भने नसोचे हुन्छ, यहाँ जे पनि गर्न पाइँदैन, कलियुगको ४ लाख ३२ हजार मध्ये जम्मा ५ हजार मात्रै आयु आएको छ ।'
