काठमाडाैं । स्वतन्त्र सांसद् अमरेश कुमार सिंहले सदनमै कपडा खोल्नुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा सिंहले बैठककाे सुरुमै कपडा खाेलेर विराेध जनाउनुभएकाे हाे ।प्रतिनिधि सभा बैठककाे सुरुमै बाेल्न समय मागेका सांसद्हरुलाई सभामुखले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएकाे थियाे । बैठक सुरु हुन नपाउँदै सिंहले सर्ट र गञ्जी खोल्नुभयाे ।
सांसद सिंहले शरिरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि सभामुख देवराज घिमिरेले उहाँलाई शिष्ट भएर व्यवहार गर्न पटक-पटक आग्रह गर्नुभयाे । अटेर गरे नियमावलीअनुसार थप कारबाही गर्ने चेतावनी दिनुभयाे ।
