काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुरमा सिंहले कपडा खोलेर अर्धनग्न रूपमा प्रस्तुत हुनुभएको छ ।
साेमबार सभामुखले प्रतिनिधि सभा बैठक सुरु भएको घोषणा गर्न नपाउँदै उहाँले केही कुरा राख्न आफ्नो ठाउँबाट उठ्नुभएको थियो । सभामुखले तपाईँलाई मैले बोल्ने समय दिएको छैन बस्नुस् भन्दै बस्न आग्रह गरेपछि सिंहले पहिला आफूले लगाएको कोट खोल्नुभयो ।
कोट खोलेर राखेपछि उहाँ केही समय सभामुखको अनुमति बिना नै बोल्नुभयो । त्यस पछि उहाँले आफ्नो सर्ट पनि खोलेर अर्धनग्न बन्नुभयो ।
सिंहले बैठकमा नै कपडा खोलेपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी दिनुभयो । प्रतिनिधि सभाको नियमावली अनुसार चेतावनी दिइसकेकोले सभ्य भएर प्रस्तुत नभए कारबाहीको प्रक्रिया अघि बढाउने सभामुखले चेतावनी दिएपछि उहाँले फेरी लुगा लगाउनुभयो ।
