काठमाडाैं । प्रमुख प्रतिपक्षी सांसद् अच्युतप्रसाद मैनालीले स्वतन्त्र सांसद् अमरेशकुमार सिंहको स्वास्थ्य जाँच गराउन माग गर्नुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे सुरुमै अर्धनग्न भएका सिंहकाे स्वास्थ्य जाँच गर्न मैनालीले माग गर्नुभयाे । उहाँले भन्नुभयाे - 'सभामुख महाेदय, सर्वप्रथम त संसद्मा जे गतिविधि देखा परेकाे छ, म माननीय सदस्यकाे स्वास्थ्य जाँचकाे माग गर्दछु ।'
साेमबारकाे बैठक औपचारिक रुपमा सुरु हुन नपाउँदै सिंहले बाेल्न समय माग्दै सर्ट, काेट र गञ्जी फुकालेर अर्धनग्न हुनुभएकाे थियाे ।
