काठमाडौं । प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर अहिले सदन तातेको बताउनुभयो ।
सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सो घटनामा राज्य सञ्चालकहरू नै संलग्न भएको भन्ने विषय आएकोले गम्भीर विषय भएको केसीले बताउनुभयो । विगतमा पनि यस्ता घटना आएर सदन तात्ने र फेरी नयाँ घटना आएर ती घटना त्यतिकै सेलाउने गरेका उहाँको भनाइ छ । सय अगाडि पनि सत्तामा बस्नेले गर्नु नगर्ने काम गरेका भन्दै केसीले आलोचना गर्नुभयो ।
नयाँ काण्ड आएपछि सदनको ध्यान नयाँ तिर जाने भएकोले विषयलाई अन्त नमोड्न उहाँले आग्रह गर्नुभयो । ‘यो काण्डलाई दूधको दूध पानीको पानी छुट्याइयो र यस खालका मान्छे बिक्री गर्ने व्यापारीलाई कडा कारबाही होस्’, उहाँले भन्नुभयो ।
