काठमाडौं । प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री अनुपस्थित भएपछि बैठक नै रोकिएको छ ।
बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भएको भए पनि छलफलमा अर्थमन्त्री उपस्थित नभएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटको लागि बैठक स्थगित गर्नुभएको हो ।
रोकिएको बैठक पुनः सुरु भएको छ । छलफलका क्रममा अर्थमन्त्री महत बैठकमा अनुपस्थित भएपछि प्रतिपक्ष दलका सांसदहरूले अवरोध गरेका कारण बैठक स्थगित गरिएको थियो ।
‘केही प्राविधिक समस्याका कारणले अर्थमन्त्रीज्यूको उपस्थितिमा ढिला भइरहेको हुँदा १५ मिनेटको लागि यो बैठक स्थगन हुन्छ’, बैठक स्थगित गर्नु परेको स्पष्टीकरण सभामुखले यसरी दिनुभएको थियो ।
