काठमाडौं । प्रतिनिधि सभा गोकुलप्रसाद बास्कोटाले माओवादीले समाजवाद छाडेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा बोल्दै बास्कोटाले बजेटको सिद्धान्त र प्राथमिकतामा समाजवाद भन्ने शब्द काहीँ नभएको भन्दै आलोचना गर्नुभयो । आफ्नो नीति बजेटको सिद्धान्त र प्राथमिकतामा समावेश गर्न सकेकोमा उहाँले बधाई दिनुभयो । ‘माओवादीले समाजवाद छाडेको कुरा यसमा देखिएको छ’, उहाँले भन्नुभयो ।
नेपाल जस्तो देशमा राज्यको लगानी कति महत्पूर्ण छ वा छैन भन्ने कुरा सोच्न उहाँले आग्रह गर्नुभयो । निजी क्षेत्रलाई प्रोत्साहित गर्ने कुरा राम्रो भए पनि सहकारीको बारेमा प्राथमिकतामा जम्मा एउटा शब्द मात्रै भएको उहाँले बताउनुभयो । जम्मा नियमन गर्ने कुरा मात्रै बजेटका सिद्धान्त र प्राथमिकतामा राखिएको पाइएको उहाँले सुनाउनुभयो ।
सरकारको कार्यक्रम हेर्दा प्रधानमन्त्री प्रचण्डले आफ्नो बाटो छाडेर कांग्रेस समक्ष आत्मसमर्पण गरेको देखिएको उहाँले बताउनुभयो । ‘प्रचण्ड पथ महत पथमा विलय भएको मैले महसुस गरेकाे छु’, उहाँले भन्नुभयो ।
