काठमाडौं । संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) मा आज पनि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट) माथिकाे छलफल जारी रहनेछ ।
बिहान ११ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा प्रि-बजेटमाथि छलफल हुन लागेकाे हाे ।
संघीय संसद्काे बर्खे अर्थात बजेट अधिवेशन वैशाख २४ गतेदेखि सुरु भएकाे थियाे । साेही दिन अर्थमन्त्री डा. प्रकाशशरण महतले साेही दिन विनियोजित बजेटमाथिको सिद्धान्त र प्राथमिकता (कर विधेयक बाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव सदनमा पेस गर्नुभएकाे थियाे ।
साे प्रस्तावमाथि साेमबारदेखि छलफल सुरु भएकाे हाे । पहिलाे दिनकाे छलफलमा बाेल्दै सांसद्हरुले जनअपेक्षा अनुसार बजेट ल्याउन र वर्तमान आर्थिक संकट समाधानतर्फ केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन् ।
वैशाख २७ गतेसम्म प्रि-बजेटमाथि छलफल हुने र साेही दिन अर्थमन्त्री महतले जवाफ दिनुहुने कार्यक्रम रहेकाे संघीय संसद् सचिवालयले जनाएको छ ।
प्रि-बजेट छलफल सकिएपछि मात्रै सरकारको नीति तथा कार्यक्रम आउनेछ । हरेक वर्ष जेठ १५ गते संसद्मा आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक वाध्यता छ ।
