काठमाडौं । प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।
अर्थमन्त्री डा. प्रकाशरण महतका कारण बैठक स्थगित भएकाे हाे । अर्थमन्त्री महत विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन राष्ट्रिय सभा बैठकमा जानुपर्ने भएकाले बैठक आधा घण्टाका लागि स्थगित गरिएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयाे ।
प्रतिनिधि सभा बैठकमा साेमबारदेखि विनियोजन विधेयकको सिद्धान्त प्राथमिकताका विषयमाथि छलफल भइरहेको छ ।
