काठमाडौं । प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले २०८० बाट नेपाल नयाँ वर्षमा मात्रै होइन नयाँ दशकमा प्रवेश गरेको बताउनुभएको छ ।
अब ९० को दशमा प्रवेश गर्दा नेपाल कहाँ पुग्ने भन्ने विषयमा सबैले सोच्नु पर्ने बताउनुभएको छ । बितेको दशकको इमानदार समीक्षा गरी त्यसकैको जगमा आगामी यात्रा तय गर्नुपर्ने उहाँको भनाइ छ । ‘देशमा प्राप्त उपलब्धि पनि साझा हुन्, मुलुकका सामुन्ने रहेका चुनौती पनि साझा हुन्’, उहाँले भन्नुभयो ।
शर्माले नेपालले बितेका ७० वर्ष नै अस्थिरता भोगेको उहाँले बताउनुभयो । अहिले पनि पाँच वर्षसम्म स्थायी सरकार दिन सक्छौँ भन्ने अवस्था नहरेको उहाँले बताउनुभयो ।
भ्रष्टाचार देशको प्रमुख समस्या भएको बताउँदै शर्माले भ्रष्टाचारको फाइल मात्र होइन भ्रष्टाचार विरुद्ध फाइल खोल्नु पर्ने प्रष्ट पार्नुभयो । अर्थमन्त्रीले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको कुरा गर्नुभएको भए पनि भ्रष्टाचार विरुद्ध संशोधन गर्न लागिएको कानुमा भ्रष्टाचार माथिका छानबिन हदम्याद ५ वर्ष राख्नु विवादास्पद भएको उहाँले बताउनुभयो ।
