काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने प्रतिबद्धता जनाउनुभएकाे छ ।
राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) माथिकाे छलफलमा सांसद्ले उठाएका प्रश्नकाे जवाफ दिँदै अर्थमन्त्री महतले सामाजिक सुरक्षा भत्ता कटाैती नगरिने बताउनुभयाे ।
देशकाे अर्थतन्त्रलाई चलायनमान बनाउन सरकारकाे ध्यान केन्द्रित रहेकाे भन्दै उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्चको प्रभाव बढाउनुपर्ने बताउनुभयाे । अन्तिम समयमा गएर मात्रै खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने पनि अर्थमन्त्री महतले बताउनुभयाे ।
उहाँले देशकाे अर्थतन्त्र र आवश्यकता अनुसार बजेट ल्याइने भन्दै उहाँले बजेटका लागि स्राेत जुटाउनै चुनौती रहेकाे समेत बताउनुभयाे ।
