काठमाडाैं । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले बजेट बनाउँदा विदेशमा मजदुरी गर्नेहरुको तस्विर पनि सँगै राखेर बनाउन सुझाव दिनुभएकाे छ ।
आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै राउतले सामाजिक सुरक्षा भक्ता खुवाउनको लागि बजेटमा सुनिश्चितता् गरिनुपर्ने पनि बताउनुभयाे ।
नेपालमा दशकौंदेखि विकासको गलत मोडेललाई अभ्यास गरिएको बताउँदै उहाँले भन्नुभयाे 'ऋण माँगेर घ्यु खाने प्रचलन अहिलेको अवस्थामा देखिएकाले आगामी बजेट मानवकेन्द्रित हुनुपर्छ ।'
शिक्षाको गुणात्मक विकासको लागि राम्रा विद्यालयभन्दापनि राम्रा शिक्षकहरुको आवश्यकत्ता रहेकाे बताउँदै विद्यालय नहुँदापनि राम्रो शिक्षक भयो भने रुखको छहारीमुनि बसेर पनि विद्यार्थीहरुले राम्रो शिक्षा लिनसक्ने उहाँकाे भनाइ छ ।
उहाँले अहिलेपनि ठूला ठूला अस्पताल बनाईएपनि दक्ष प्राविधिक नभएको हुँदा अस्पतालमा ल्याईएका उपकरण प्रयोगहिन रहेकाे बताउनुभयाे ।
