काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभामा बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट) माथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ आज दिनुहुने भएकाे छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री महतले प्रि-बजेटमाथि सांसद्हरुले उठाएका प्रश्न र जिज्ञासाकाे जवाफ दिनुहुने कार्यसूची छ ।
अर्थमन्त्री डा. महतले वैशाख २४ गते बजेटका सिद्धान्त तथा प्राथमिकता प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रस्तुत गर्नुभएकाे थियाे । राष्ट्रिय सभामा सांसद्हरूले उठाएका प्रश्न र जिज्ञासाकाे जवाफ अर्थमन्त्री महतले मंगलबार दिइसक्नुभएकाे छ ।
प्रि-बजेटमाथिकाे छलफल सकिएपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ । त्यसपछि जेठ १५ गते सरकारले सदनमा बजेट पेस गर्नेछ ।हरेक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक वाध्यता छ ।
