काठमाडाैं । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० प्रतिनिधि सभाबाट सर्वसम्मत रुपमा स्वीकृत भएको छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले सो अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
त्यसपछि सभामुख देवराज घिमिरेले साे प्रस्ताव निर्णयार्थ पेस गर्दै सर्वसम्मतिले स्वीकृत भएकाे घाेषणा गर्नुभयाे । प्रस्ताव प्रस्तुत गर्न अनुमति दिनुअघि बैठकमा सभामुख घिमिरेले सो अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्राप्त नभएको व्यहोरा सदस्यलाई जानकारी गराउनुभएको थियो ।
याेसँगै सरकारलाई संसद्मा विधेयक ल्याउने बाटो खुलेको छ । वैशाख २४ गतेको बैठकमा कानुनमन्त्री गुरुङले सो अध्यादेश प्रतिनिधि सभामा पेस गर्नुभएको थियो ।
मिटरब्याजी सम्बन्धी समस्या समाधानका लागि सरकारले साे विधेयक ल्याएकाे हाे । मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २० गते जारी गर्नुभएकाे थियाे ।
