काठमाडौं । प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ ।
संघीय संसद् नयाँ बानेश्वरमा दिउँसाे एक बजे बस्ने बैठकका लागि दुई वटा सम्भावित कार्यसूची ताेकिएकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्' भनी प्रस्ताव पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ राष्ट्रिय सभाबाट भने पारित भइसकेकाे छ ।
बैठकले संविधानसभा सदस्य पुरुषेत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गर्नेछ । नेपाली कांग्रेसबाट २०६४ मा संविधानसभा सदस्य बनेका बस्नेतको वैशाख २९ गते ७८ वर्षको उमेरमा निधन भएको थियो ।
