काठमाडाैं । नेकपा एमालेका सांसद् ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सदनलाई जानकारी गराउन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद् गैरेले मानव तस्करीजस्ताे राष्ट्रघाती कदम विरुद्ध सदनमा सांसद्हरुले उठाएका विषयकाे सरकारले सम्बाेधन नगरेकाे भन्दै आपत्ति जनाउनुभयाे । यस विषयमा सदनलाई जानकारी गराउन सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ गरेपनि सरकारले अटेर गरेकाे उहाँले बताउनुभयाे ।
आज पनि यस विषयमा सरकारले सदनलाई जानकारी गराउने कार्यसूची नदेखिएकाे भन्दै सांसद् गैरेले के कारणले समस्या भएकाे हाे भन्दै प्रश्न गर्नुभयाे । उहाँले भन्नुभयाे - 'यस्ताे जघन्य विषयमा, अपराधजन्य विषयमा आजसम्म सरकारले याे सार्वभाैम सदनलाई आएर यस्ताे भएकाे छ, यति प्रगति भएकाे छ, हामी याे गर्दैछाैं भन्न के कारणले समस्या भएकाे छ ?'
भ्रष्टाचार विरुद्ध सिंगाे देश आन्दाेलित भएकाे, अन्तर्राष्ट्रिय जगतकाे ध्यानाकर्षण भएकाे छ तर सरकारले यसकाे अनुसन्धानमा आलटाल गरिरहेकाे समेत उहाँले बताउनुभयाे ।
सांसद् गैरेले यस प्रकरणकाे निष्पक्ष छानबिन गर्न र दाेषीलाई कारबाही गर्न माग गर्नुभयाे । यस विषयमा सरकारले जानकारी दिएपछि मात्र सदनलाज्ञ अगाडि बढाउन उहाँले माग गर्नुभयाे । 'यस विषयमा सदनलाई जानकारी दिनुपर्छ अनिमात्र सदनकाे काम अगाडि बढ्नुपर्छ, याे जघन्य अपराधकाे निष्पक्ष छानबिन हाेस्, दाेषीलाई कारबाही हाेस् जनप्रतिनिधि, पार्टीकाे नेताकाे नाममा वा व्यक्तिकाे नाममा गरिने भ्रष्टाचारलाई निरुत्साहित गर्न सदन एक ठाउँमा उभिनुपर्छ र सरकारले तनअनुरुप काम गर्न चाहान्छु, सभामुखलाई त्यसअनुरुप रुलिङ गर्न माग गर्छु ।'
