काठमाडाैं । नेकपा एमालेका सांसद् टाेपबहादुर रायमाझी पक्राउ पर्नुभएकाे प्रतिनिधि सभालाई जानकारी गराइएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद् रायमाझी पक्राउ पर्नुभएकाे सदनलाई जानकारी दिनुभएकाे हाे ।
ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि रायमाझीलाई वैशाख ३१ गते बुढानिलकण्ठबाट पक्राउ गरेर टेकुकाे हिरासतमा राखिएकाे उहाँले सदनलाई जानकारी गराउनुभयाे ।
प्रहरी हिरासतमा रहे पनि रायमाझीकाे सांसद् पद भने यथावत रहनेछ । प्रतिनिधि सभा नियमावली २०७९ को नियम २४८ (३) अनुसार सांसद्हरू फौजदारी मुद्दामा पक्राउ परेर पुर्पक्षका लागि थुनामा पठाइएमा निलम्बनमा पर्ने व्यवस्था उल्लेख छ । तसर्थ अदालतकाे आदेश नआउँदासम्म रायमाझीकाे सांसद् पद यथावत रहनेछ ।
