काठमाडाैं । प्रतिनिधि सभाले 'भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई' दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकले साे विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएकाे हाे ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे तर्फबाट खानेपानी मन्त्री महेन्द्र राय यादवले 'भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्' भन्ने प्रस्ताव पेस गर्नुभएकाे थियाे ।
त्यसपछि सभामुख देवराज घिमिरेले साे प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मतिले स्वीकृत भएकाे घाेषणा गर्नुभयाे ।
