काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाका दशवटै विषयगत समितिको बैठक आज बस्दै छ ।
सम्बन्धित समितिको बैठक कक्षमा एकैसाथ बस्नेगरी बैठक बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ । दश वटै समितिकाे बैठक बिहान ९ बजे बस्नेछ ।
अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानव अधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिकाे बैठक बस्न लागेकाे हाे ।
गत मंसिर ४ गते निर्वाचन सम्पन्न भए पनि अझैसम्म विषयगत समितिका बैठक सुरु हुन सकेको थिएन । पहिलाे अधिवेशनमा विषयगत समितिमा रहने सदस्यहरू मनोनयन भए पनि बैठक बस्न भने सकेको थिएन ।
सबै समितिकाे बैठककाे अध्यक्षता समितिमा रहेका ज्येष्ट सदस्यले गर्नेछन् । आजको बैठकले दलीय आधारमा समितिका सभापति चयनकाे पक्रिया थाल्नेछ ।
