काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रद्रोहको मुद्दा चलाउन माग गर्दै संघीय संसद् सचिवालयले संकल्प प्रस्ताव दर्ता भएकाे छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सोमबार संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराउनुभएकाे छ । नक्कली शरणार्थी प्रकरण संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत संगठित अपराधको दायराभित्र पर्ने संकल्प प्रस्तावमा उल्लेख छ ।
नेपाली नागरिकलाई अर्को मुलुकको नक्कली शरणार्थी बनाउने कार्य गरी राज्य र नागरिकप्रति घात गर्ने राष्ट्रद्रोही कार्य मुलुकी फौजदारी संहिता २०७४ को भाग २ परिच्छेद १ अन्तर्गतको राज्य विरुद्धको कसुरमा समेत पर्न जाने प्रस्तावमा उल्लेख छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि साे संकल्प प्रस्ताव बुझाइने सांसद् श्रेष्ठले बताउनुभयाे । सभामुख देवराज घिमिरेले गृहमन्त्री छलफलका लागि तयार भए यस प्रस्तावलाई अगाडि बढाइने प्रतिबद्धता जनाउनुभएकाे पनि श्रेष्ठले बताउनुभयाे ।
हेर्नुस् पूर्णपाठ:
