काठमाडाैं । प्रतिनिधि सभाको अर्थ समितिले देशकाे आर्थिक अवस्थाबारे अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गर्ने भएकाे छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले अर्थतन्त्रको अवस्था र सूचकहरुबारे अर्थमन्त्री महतसँगग छलफल गर्ने निर्णय गरेको समिति सदस्य ज्ञानेन्द्र शाहीले जानकारी दिनुभयो ।
अर्थतन्त्रसम्बन्धी सरोकारवालाहरुसँग छलफल गरी बजेट निर्माणमा सहयोग गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो । समितिलाई पूर्ण रुपमा डिजिटल प्लेटफर्ममा लैजाने विषयमा पनि छलफल भएको सांसद् शाहीले जानकारी दिनुभयाे ।
बैठकमा एमाले सांसद् बिष्णु पौडेलले बजेटको पोलिसीमा सुझावहरु दिनुपर्ने र छलफलमा अर्थमन्त्रीलाई बोलाउनुपर्ने बताउनुभयो । सांसद्हरुले समितिको डिजिटल अभिलेखिकरणलाई व्यवस्थित गर्नुपर्ने बताएका थिए ।
अर्थ समितिको पहिलो बैठक ज्येष्ठ सदस्य सन्तोष चालिसेको सभापतित्वमा बसेको थियो ।
