काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री सुदन किराँतीले संसद् र सरकार अरुले नै चलाउने गरेकाे बताउनुभएकाे छ ।
मंगलबार सिंहदरबारमा बसेकाे प्रतिनिधि सभाकाे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री किराँतीले संसद् र सरकार अरुले नै चलाउने गरेकाे महशुस आफूले गरेकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'यहाँ अरुले नै संसद् चलाउँदो रहेछ, हामी त डमीमात्रै रहेछौं, अरुले नै चलाउँदो रहेछ मन्त्री त, हामी त शाेकेसको मान्छे मात्रै रहेछौं, मलाई लागेको कुरा यो हो ।'
सांसद्हरुकाे सक्रिय भूमिका, चासाे र आवाजले एउटा मन्त्रीका लागि बल आउने समेत मन्त्री किराँतीले बताउनुभयाे । 'संसद्मा हाम्रो सक्रिय भूमिका भइदिनुपर्यो, चासो गरिदिनुपर्यो, तपाइँहरूले बोलिदिनुपर्यो, अनिमात्रै एउटा मन्त्रीको बल आउँदो रहेछ'- उहाँले भन्नुभयाे ।
मन्त्री किराँतीले पर्यटनको क्षेत्रमा धेरै ऐन परिवर्तन गर्न आवश्यक रहेकाे भन्दै उहाँले सेक्युरिटीको क्षेत्रमा यो ऐनलाई छिटो पास गर्नुपर्ने बताउनुभयाे ।
