काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने बैठकमा सांसद्हरुले साेधेका प्रश्नकाे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची छ ।
प्रतिनिधि सभा नियमावलीमा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीले प्रतिनिधि सभामा सांसद्हरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ । साेही व्यवस्थाअनुसार प्रधानमन्त्री प्रचण्डले सांसद्सँग प्रश्नोत्तर गर्न लाग्नुभएकाे हाे ।
प्रधानमन्त्री प्रचण्डले 'राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष ०७८-७९ को वार्षिक प्रतिवेदन' पनि पेस गर्ने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
