काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
प्रतिनिधि सभा बैठक बस्नु अगाडि प्रधानमन्त्री र सभामुखबीच बिहीबार बिहान भेटवार्ता भएकाे हाे । बिहान ११ बजेका लागि बाेलाइएकाे प्रतिनिधि सभा बैठक मध्यान्ह सवा १२ हुँदा समेत सुरु हुन सकेकाे छैन ।
आजकाे बैठकमा सांसद्ले उठाएका प्रश्नकाे प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची छ । करिब १५ जना सांसद्ले प्रधानमन्त्रीलाई प्रश्न साेध्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले प्रश्नमाथि तयारीका लागि समय माग्नुभएकाले बैठक सुरु हुन ढिला भएकाे बताइएकाे छ । केही सांसद्ले आफूहरुले पनि प्रधानमन्त्रीलाई प्रश्न साेध्न पाउनुपर्ने भन्दै सभामुखसँग आग्रह गरेका छन् ।
