काठमाडौं । सरकारकाे नीति तथा कार्यक्रमाथि राष्ट्रिय सभामा ३ दिन छलफल हुने भएकाे छ ।
राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिले शुक्रबार सदनमा पेस हुने नीति तथा कार्यक्रममाथि जेठ ७, ८ र ९ गते छलफल चलाउने समझदारी गरेको हो ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गा प्रसाद शर्माका अनुसार आज बसेकाे कार्यव्यवस्था परामर्श समितिकाे बैठकले साे समझदारी गरेकाे हाे ।
छलफलपछि ९ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नकाे जवाफ दिनुहुनेछ ।
