काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेकाे बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा सांसद् ईश्वरी न्याैपानेले साेध्नुभएकाे प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेकाे बताउनुभयाे ।
शिक्षा नीतिमा गुणस्तर सुधार गर्दै युवाहरुलाई स्वदेशमै राेजगारीकाे व्यवस्थाका लागि पहल गरिने उहाँले बताउनुभयाे । शिक्षा प्रणाली थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेकाे पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।
