काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकु शिविर (क्यान्टोनमेन्ट) मा भ्रष्टाचार भएकाे भन्ने कुरा कपाेकल्पित र पूर्वाग्राही भएकाे दाबी गर्नुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा राप्रपाका सांसद् ज्ञानेन्द्र शाहीले साेधेकाे प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस काण्डमा भ्रष्टाचार गरेकाे पुष्टि भए आफू जेल जान तयार रहेकाे बताउनुभयाे । 'क्यान्टाेन्मेन्टकाे कुरा कपाेकल्पित र पूर्वाग्राही छ र फेरिपनि कसैले दिएकाे उजुरीकाे आधारमा छानबिन गरिए म आफैं जेल जान तयार रहेकाे जानकारी गराउँछु'- उहाँले भन्नुभयाे ।
८ हजार ४ सय ६० लडाकुका नाममा ब्यापक भ्रष्टाचार भयाे भन्नु गलत भएकाे पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । यसलाई राजनीतिक पूर्वाग्राहका रुपमा ल्याउने गरिएकाे भन्दै उहाँले यसमा छानबिन गर्न आफू तयार रहेकाे बताउनुभयाे ।
