काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुँजीगत खर्चमा अपेक्षित सुधार हुन नसकेको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाउनुभएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले अर्थतन्त्रको क्षेत्रमा सुधार गर्न सरकार प्रयत्नशील रहेको बताउनुभयो । सरकारले फजुल खर्चको नियन्त्रण र उत्पादनशील क्षेत्रमा लगानी बढाएको दाहालले बताउनुभयो ।
सरकारका यी नीतिको सकारात्मक प्रभाव सबैले देख्ने गरी आएका उहाँले बताउनुभयो । खर्चको आवश्यकता र राजश्वको क्षमताको आधारमा वित्तीय सहयोगको काम गर्दै आउने उहाँले बताउनुभयो ।
कोभिड महामारी तथा रुस–युक्रेन युद्धको कारण बिग्राएको देशको अर्थतन्त्र अझै पनि लयमा आउन नसकेको कारण देशले आर्थिक संकट झेल्दै आएको उहाँले बताउनुभयो ।
