काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू दुब्लाएको र तौल घटेको बताउनुभएको ।
बिहीबार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य रघुजी पन्तले लामो समय प्रतिनिधि सभा बैठकमा अनुपस्थित हुनुभएका प्रधानमन्त्री प्रति व्यङ्ग्य गर्दै प्रधानमन्त्रीलाई राम्रो र खाइलाग्दो देखियो भने पछि त्यसको जवाफ दिँदै दाहालले आफू खाइलाग्दो नभएको बरु दुब्लाएको बताउनुभयो । ‘म धेरै खाइलाग्दो भएको छु जस्तो लागेको छैन, मेरो तौल घटिराखेको छ, देख्दा खेरी तपाईँले राम्रो देख्नुभए छ, त्यसको लागि पनि तपाईँलाई धन्यवाद’, उहाँले भन्नुभयो ।
प्रतिनिधि सभामा सांसदले साध्ने प्रश्न पहिले नै बाहिर गएको भन्दै पन्तले उठाउनुभएको प्रश्नमा प्रधानमन्त्रीले प्रश्न बाहिरिनु राम्रो नभएको बताउनुभयो । त्यसमा सतर्क हुनुपर्ने उहाँको भनाइ छ ।
