काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।
अपराह्न ४ बजे बस्ने संघीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।
बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुनेछ । त्यसपछि उहाँले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
दिउँसो पाैने ४ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न सभामुख देवराज घिमिरेले बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकबाट निर्देशन दिइसक्नुभएकाे छ ।
राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि साँझ ६ बजे बस्ने प्रतिनिधि सभाको अर्को बैठक बस्ने सम्भावित कार्यसूची छ ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्नुहुनेछ ।
बैठकमा सभामुख देवराज घिमिरेले धन्यवादको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
