काठमाडाैं । सरकारले कर प्रणालीमा पुनरवलोकन गर्ने भएको छ ।
शुक्रबार संसद्काे संयुक्त बैठकमा सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले कर प्रणाली पुनरवलोकन गर्ने बताउनु भएकाे छ ।
नीति तथा कार्यक्रम : 'पुँजी पलायनलाई नियन्त्रण गरिने'
त्यस्तै राष्ट्रपति पाैडेलले आगामी आर्थिक वर्षदेखि सरकारले विद्युतीय खरिद प्रणालीलाई प्राथमिक्तामा राख्ने बताउनु भएकाे छ ।
‘विद्युतीय खरिद प्रक्रियालाई अनिवार्य गर्दै लगिने छ' उहाँले भन्नुभयाे- 'सबै सरकारी काममा सार्वजनिक खरिद प्रक्रियालाई थप कडाई गर्नुका साथै व्यवस्थित गरिने छ ।'
