काठमाडाैं । सरकारले सरकारी कार्यालयमा विद्युतीय सवारी साधन खरिद गर्ने नीति ल्याउने भएकाे छ ।
शुक्रबार संघीय संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पाैडेलले भन्नुभयाे - 'सरकारी कार्यालयमा विद्युतीय सवारी साधन खरिद गर्ने नीति लिइनेछ ।'
शहरमा क्रमश विद्युतीय यातायात सञ्चालकाे व्यवस्था गरिने र पेट्राेल-डिजेलबाट चल्ने सवारी साधनलाई विद्युतीय गाडीमा रुपान्तर गरिने घाेषणा पनि उहाँले गर्नुभयाे ।
