काठमाडाैं । सरकारले उर्जामा सबै नागरिककाे पहुँच सुनिश्चित गर्ने भएकाे छ ।
शुक्रबार संघीय संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पाैडेलले उर्जामा सबै नागरिककाे पहुँच सुनिश्चित गरिँने बताउँदै आगामी दुई वर्ष भित्र सबैका घरमा बिजुली पुर्याइने बताउनु भयाे ।
विपन्न वर्गलाई नि: शुल्क बिद्युतिय मिटर उपलब्ध गराउने बताउँदै उहाँले बर्षा याममा ५० र हिउँदमा ३० युनिट विद्युत खपत गर्ने उपभाेक्तालाई नि:शुल्क विद्युत उपलब्ध गराइने बताउनु भयाे ।
'खाना पकाउने ग्यासलाई विद्युतबाट प्रतिस्थापन गरिने छ' उहाँले भन्नुभयाे- 'हाइड्राेजन उत्पादनकाे अध्ययन र अनुसन्धान गरिने छ ।'
हरित उर्जा उत्पादनमा नीजि क्षेत्रलाई प्राेत्साहन गरिने उहाँले बताउनु भयाे ।
