काठमाडौं । सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर एकीकृत प्रशारणका रुपमा संचालनमा ल्याउने तयारी गरेकाे छ ।
शुक्रबार संघीय संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पाैडेलले भन्नुभयाे-'नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर एकीकृत प्रशारणका रुपमा संचालनमा ल्याइने छ ।'
त्यस्तै, प्रेस काउन्सिलाई संचार क्षेत्रको अनुगमन गर्ने बलियो संचनाका रुपमा विकास गर्न मिडिया काउन्सिलमा रुपान्तरण गर्ने तयारी गरेको छ ।
'नयाँ कानुनमार्फत् प्रेस काउन्सिललाई मिडिया अनुगमनको बलियो संरचनाका रुपमा विकास गर्दै मिडिया काउन्सिल बनाइने छ' उहाँले भन्नुभयाे ।
