काठमाडाैं । सरकारले कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लामा दुई जिल्ला बराबर एक एयर एम्बुलेन्स नियमित सञ्चालन गर्ने भएकाे छ ।
दुर्गममा समयमा उपचार नपाउँदा अल्पायुमै निधन हुने क्रम राेक्न कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लामा दुई जिल्ला बराबर एक एयर एम्बुलेन्स नियमित सञ्चालन गरिने शुक्रबार संघीय संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पाैडेलले बताउनु भयाे ।
त्यस्तै केन्द्रिक्रित डाटाबेस सहितकाे राष्ट्रिय एम्बुलेन्स सञ्चालन गरिने उहाँले बताउनु भयाे ।
