काठमाडौं । सरकारले विद्युतीय गाडीलाई प्राथमिकता दिने भएको छ ।
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पाैडेलले सरकारी कार्यालयहरूमा विद्युतीय सवारीसाधन खरिद गर्ने नीति लिइने बताउनु भयाे ।
उनले सहरमा विद्युती सवारी सञ्चालन गरिने र त्यस्ता प्रविधिलाई सहुलियता प्रदान गर्ने बताउनु भयाे ।
'सहरमा क्रमशः विद्युतीय सञ्चालनको व्यवस्था मिलाइने छ। ग्यास डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीय ऊर्जाबाट चल्नेगरी रुपान्तरण गर्ने प्रविधिलाई सहुलियतसहित प्राथमिकता दिइनेछ,' नीति तथा कार्यक्रममा समेटिएको छ।
