काठमाडाैं । सरकारले 'युवासँग सरकार, हुने छैनन् बेराेजगार' अभियान अघि सारेकाे छ ।
शुक्रबार संघीय संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पाैडेलले 'युवासँग सरकार, हुने छैनन् बेराेजगार' अभियान अन्तर्गत आगामी दुई वर्ष भित्र थप पाँच लाख आन्तरिक राेजगारी सिर्जना गर्न निजी क्षेत्रसँगकाे सहकार्यमा राष्ट्रिय सिप विकास तथा राेजगार कार्यक्रम सञ्चालन गरिने बताउनु भयाे ।
त्यस्तै स्वाचालित ज्याला प्रणाली लागु गर्ने नीति सरकारले लिएकाे छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पाैडेलले भन्नुभयाे- 'श्रम र श्रमिककाे कदर हुने गरि न्युनतम पारिश्रमिक निर्धारण एवम् कार्यन्वयनमा देखिएका समस्या समाधान गर्न श्रमिकहरुकाे न्युनतम ज्याला जिवन धान्न पुग्ने तहमा स्वत बढ्ने गरि स्वचालित ज्याला प्रणाली लागु गरिने छ ।'
