काठमाडाैं । सरकारले सहरी क्षेत्र तथा राजमार्ग वरपर यात्री, पर्यटक, सेवाग्राहीको अत्यधिक चाप हुने सार्वजनिक ठाउँमा एक हजार वटा सुविधा सम्पन्न सार्वजनिक शौचालय र विश्राम स्थल बनाउने भएकाे छ ।
शुक्रबार संघीय संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पाैडेलले निजी तथा सामुदायिक साझेदारीमा साे क्षेत्रहरुमा एक हजार वटा सुविधा सम्पन्न सार्वजनिक शौचालय र विश्राम स्थल बनाउने बताउनु भयाे ।
उहाँले राजमार्गमा सार्वजनिक निजी साझेदारीमा स्मार्ट रोड साइट स्टेशन निर्माण गर्ने घोषणा गर्नुभयो ।
यसैगरी सरकारले तीन तहकै सरकारको समन्वयमा सरसफाइ, स्वच्छताको कायर्कक्रमलाई राष्ट्रिय अभियानको रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ । त्यस्तै सरकारले नदीनाला तथा पानीको स्राेतलाई प्रदूषणमुक्त राख्न फोहर पानी प्रशोधन प्रणालीको विकास र विस्तार गर्ने भएको छ ।
