काठमाडाैं । सरकारले अशक्त, असहाय र ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्यसेवा प्रदान गर्ने भएकाे छ ।
शुक्रबार संघीय संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पाैडेलले अशक्त, असहाय र ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्यसेवा प्रदान गर्ने बताउनु भएकाे हाे ।
प्रत्येक वडामा आधारभूत स्वास्थ्य परीक्षण तथा उपचारसहितको स्वास्थ्य केन्द्र स्थापना गर्ने र स्वास्थ्य बीमा कार्यक्रम पुनरवलोकन गर्ने उहाँले बताउनु भयाे ।
