काठमाडाैं । सरकारले एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने घोषणा गरेको छ ।
शुक्रबार संसद बैठकको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने बताउनु भएकाे हाे ।
सुरक्षाको दायराभित्र सबै नागरिकलाई समेट्दै लैजानका लागि एक वर्ष भित्र सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने नीति सरकारले लिएकाे छ ।
