काठमाडाैं । सरकारले हिमाल बचाउ अभियान सुरू गर्ने घोषणा गरेको छ ।
आज शुक्रवार संघीय संसदको संयुक्त सदनमा प्रस्तुत भएको आउँदाे आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले अल्पविकसित तथा हिमाली देशमा जलवायु संकटले उत्पन्न जोखिमबारे संवेदनशीलता जगाउन सञ्जाल बनाउने बताउनु भएकाे छ ।
जलवायु परिवर्तनको संवेदनशीलता जगाउन र क्षतिको पुनरभरणको लागि अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न सरोकारवाला मुलुकको सञ्जाल निमार्ण गर्न पहल गर्ने घोषणा सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै जलवायु परिवर्तनको मुद्दामा नेपालको वार्ता तथा सम्झौता बढाउने घोषणा सरकारले गरेको छ ।
नेपालको हिम श्रृंखलादेखि पहाड र तराईसम्म जलवायु परिवर्तनबाट परेको प्रतिकूल असरलाई न्यूनीकरण तथा वातावरणीय संरक्षण प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्त प्रविधि तथा ज्ञान र सीपको परिचालन गर्दै समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्ने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।
