काठमाडौं । सरकारले ९८ प्रकारका औषधी स्वदेशमै उत्पादन गर्ने व्यवस्था मिलाउने भएको छ ।
आज शुक्रवार संसदमा प्रस्तुत भएको आउँदाे आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा सरकारले ९८ प्रकारका औषधी स्वदेशमै उत्पादन गर्ने व्यवस्था मिलाउने राष्ट्रपति रामचन्द्र पाैडेलले जानकारी दिनुभयाे ।
‘औषधी व्यवस्था विभागलाई खाद्य, औषधी तथा स्वास्थ्य प्रविधि विभागमा रूपान्तरण गरिनेछ । आधारभूत स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक ९८ प्रकारका औषधी स्वदेशमा नै उत्पादन गर्ने व्यवस्था मिलाइनेछ। औषधीजन्य तथा स्वास्थ्यजन्य सामग्रीहरू स्वदेशमै उत्पादन गरी आत्मनिर्भर हुन वित्तीय र अन्य सुविधा एवं सहुलियत उपलब्ध गराइनेछ' उहाँले भन्नुभयाे- 'सिंहदरबार वैद्यखाना र जडीबुटी प्रशोधन केन्द्रको पुनःसंरचना गरी आयुर्वेदिक औषधीको उत्पादन र उपलब्धता वृद्धि गरिनेछ। आयुर्वेदिक अस्पतालहरूको सेवा प्रभावकारी बनाइनेछ ।’
