काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव तथा सांसद् याेगेश भट्टराईले सरकारकाे नीति तथा कार्यक्रम प्राण बिनाकाे जीवनजस्ताे भएकाे बताउनुभएकाे छ ।
शुक्रबार सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुतपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीका जिज्ञासाकाे जवाफ दिँदै सांसद् भट्टराईले मन्दीमा गएकाे अर्थतन्त्र लगायत देशकाे समस्या समाधानको कुनै प्रस्ताव नीति तथा कार्यक्रममा नआएकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'याे नीति तथा कार्यक्रम ज्यान भएकाे, जीवन नभएकाे जस्ताे छ, यसमा कुनै सपना छैन, कुनै गन्तव्य तय गरेकाे छैन, मुलुक आर्थिक मन्दीमा एक किसिमले असफल राष्ट्रमा जान लागेका बेलामा त्यसलाई ठिक ट्याकमा लैजानुपर्ने संकल्प हुनुपर्नेमा यसमा त्याे छैन ।'
नीति तथा कार्यक्रमले सिंगाे देशलाई अपिल गर्नुपर्नेमा त्यसाे हुन नसकेकाे समेत सांसद् भट्टराई बताउनुभयाे । कुनै ठाेस याेजना, प्रस्ताव आउनुपर्नेमा केही आउन नसकेकाे समेत उहाँले बताउनुभयाे ।
