काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारकाे नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै भएकाे बताउनुभएकाे छ ।
संघीय संसद् भवन परिसरमा शुक्रबार सञ्चारकर्मीले साेधेका जिज्ञासाकाे संक्षिप्त जवाफ दिँदै अध्यक्ष ओलीले कर्मकाण्डी मात्रै भएकाे बताउनुभयाे । अध्यक्षज्यू नीति तथा कार्यक्रम कस्ताे लाग्याे भन्ने सञ्चारकर्मीकाे जिज्ञासामा उहाँले भन्नुभयाे - 'कर्मकाण्डी खालकाे ।'
शुक्रबार संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पाैडेलले सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे थियाे ।
