काठमाडौं । नेपाली कांग्रेसका सांसद् प्रदीप पौडेलले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा आशंका गर्ने ठाउँ रहेकाे बताउनुभएकाे छ ।
आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत भएपछि शुक्रबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीका जिज्ञासाकाे जवाफ दिँदै उहाँले त्यसाे भन्नुभएकाे हाे ।
नीति तथा कार्यक्रम सुन्दा कर्णप्रिय भएपनि कार्यान्वयनमा आशंका गर्ने ठाउँ रहेको उहाँले बताउनुभयाे । 'नीति तथा कार्यक्रम सुन्दा कर्णप्रिय छ, असाध्यै राम्रो सुनिन्छ, यसअघि जस्तै कार्यक्रममा कार्यान्वयनमा प्रष्टता देखिएन'- उहाँले भन्नुभयाे ।
